तनावरहित रहन यसो गर्नुहोस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

तनावरहित रहन यसो गर्नुहोस्

tension

काठमाडौं, २४ चैत । तनावरहित रहन यसो गर्नुहोस् :

-तनावरहित रहन स्वस्थ जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ ।

-दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्ने गर्नुपर्छ ।

-लामो समयसम्म एउटै काम गरिहनुहुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले फ्रेस भइन्छ ।

-फास्टफुड, जंकफुड, धूम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ । अत्यधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निद्रा गडबडीको
समस्या निम्त्याउँछ ।

-निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।

-मनोरोगलाई भयानक रूपमा लिनुहुँदैन । यदि, मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);