सरकार र चिकित्सक आ-आफनै अडानका कारण ६ दिनदेखि सेवा ठप्प, बिरामी अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकार र चिकित्सक आ-आफनै अडानका कारण ६ दिनदेखि सेवा ठप्प, बिरामी अलपत्र

doctors

काठमाडौं, २७ चैत । सरकारी चिकित्सकले आफूहरुलाई केन्द्रसरकार मातहत समायोजन गर्न माग गर्दै ६ दिनेदेखि सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

अस्पतालको सेवा ठप्प पारिएपछि बिरामी भने मर्कामा परेका छन् । उपचारका लागि अस्पताल पुगेका बिरामीहरु उपचारै नपाएर घर फर्किन बाध्य भएका छन् । आफूहरुलाई केन्द्र सरकार अन्तरर्गत राखेर प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपर्ने चिकित्सकहरुको माग छ । चिकित्सकहरुले ६ दिनदेखी आन्दोलन गरिरहदा समस्या समाधानको लागि सरकारले कुनै पहल नगरेको आन्दोलनरत चिकित्सकहरुको भनाई छ ।

सरकारी चिकित्सकहरुले गत शुक्रवारदेखि आकस्मिक बाहेकका बिरामी हेरेका छैनन् । आन्दोलनरत चिकित्सकहरुलाई सरकारले आन्दोलन छोडेर काममा फर्कन गरेको आग्रहलाई उनीहरुले अस्वीकार गरेका छन् । माग पुरा नभएसम्म काममा नफर्किने चिकित्सकहरुको अडान छ । आफना माग पुरा नभए सामूहिक राजीनामा दिने समेत चिकित्सकहरुले चेतावनी दिएका छन् । सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बिरामीहरु महंगो शुल्क तिरेर नीजि अस्पताल धाउन बाध्य भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);