आन्दोलनरत चिकित्सकद्वारा काममा फर्कन सरकारले गरेको आग्रह अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आन्दोलनरत चिकित्सकद्वारा काममा फर्कन सरकारले गरेको आग्रह अस्वीकार

sarkari chikitsak

काठमाडौं, २६ चैत । संघीय सरकार मातहत समायोजन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले काममा फर्कन सरकारले गरेको आग्रह अस्वीकार गरेका छन । सरकारी चिकित्सकहरु गत शुक्रवारदेखि आफना माग सम्बोधन नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन । उनीहरुले सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेका छन ।

आन्दोलनरत चिकित्सकहरुलाई सरकारले आन्दोलन छोडेर काममा फर्कन गरेको आग्रहलाई अस्वीकार गरेका छन । चिकित्सकहरुले सरकारले समायोजन गर्दा आफूहरुलाई केन्द्र सरकारमातहत मात्रै दरबन्दी राख्न माग गर्दै यसअघि पनि दुई पटक आन्दोलन गरेका थिए ।

गत फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरुका माग पूरा गर्ने आश्वासन दिएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका थिए । तर माग पूरा नभएपछि उनीहरु फेरी आन्दोलनमा उत्रिएका हुन । आन्दोलनका कारण देशभरका सरकारी अस्पतालमा सेवा नपाउँदा दैनिक ४० हजार हाराहारी बिरामी मर्कामा परेका छन ।

सरकारले चिकित्सकका माग अब बन्ने निजामती सेवा ऐनमा राख्ने अडान लिँदै आन्दोलन फिर्ता गरेर काममा फर्कन आग्रह गरेता पनि जवाफमा उनीहरुले माग पूरा नभए सामूहिक राजीनामा दिने तर काममा नफर्कने चेतावनी दिएका छन । दुवै पक्षले आफ्ना अडान नछाड्दा बिरामीलाई भने मार परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);