राष्ट्रिय जनता पार्टी, नेपालको अध्यक्ष मण्डलको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राष्ट्रिय जनता पार्टी, नेपालको अध्यक्ष मण्डलको बैठक सुरु

rajapa

काठमाडौं, २६ चैत । राष्ट्रिय जनता पार्टी, नेपालको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पार्टीको वैशाख ७, ८ र ९ गते तोकिएको समयमा राष्ट्रिय महाधिवेशन हुने अवस्था नरहेको निष्कर्षमा पुगेको राष्ट्रिय जनता पार्टी, नेपालले त्यसलाई सार्ने मिति लगायतका विषयमा केन्द्रित भएर छलफल गर्न अध्यक्ष मण्डलको बैठक बोलाएको हो ।

काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको बैठकमा महाधिवेशनको तयारी नपुगेकाले त्यसको मिति सार्ने विषयमा केन्द्रित भएर छलफल भईरहेकोे पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी, नेपालले तयारी पूरा नभएको र बारा–पर्सामा आएको आँधिहुरीका कारण पनि पार्टीको महाधिवेशन सार्नुपर्ने अवस्था आएको निष्कर्ष निकाल्दै आएको छ । बैठकमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकीकरण गर्ने विषयमा पनि छलफल हुने महासचिव झाले बताए ।

संघीय समाजवादी फोरम, नेपालले पार्टी एकीकरण गर्न तयार रहेको पत्र पठाएपछि त्यसको जवाफ दिने विषयमा पनि बैठकमा छलफल हुने एजेन्डा तय गरिएको राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ । महासचिव झाले यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग एकीकरण गर्न आफ्नो पार्टी सकारात्मक रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);