राजपा जुट्यो महाधिवेशनको तयारीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टी, नेपाल महाधिवेशनको तयारीमा जुटेको छ । राजपा, नेपालको राजनीतिक समितिको बैठकमा पार्टी महाधिवेशनको मूल एजेन्डामा केन्द्रित भएर छलफल सुरु गरिएको हो ।

सोमबारबाट काठमाडौंमा सुरु भएको समितिको बैठकमा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले महाधिवेशनमा केन्द्रित हुने गरी पार्टीको विधान निर्माणको कामलाई जोड दिएर एजेन्डा पेश गरे । त्यसैगरी बैठकमा संसदीय दलको नेता चयनका विषयलाई पनि प्रवेश गराइएको नेता अनिल झाले जानकारी दिए ।

पार्टीको विधान, संसदीय दलको नेता चयन र मुलुकको समसामयिक परिस्थितिका बारेमा बैठकमा छलफल केन्द्रित हुनेछ ।

मंगलबारदेखि पार्टीका नेताहरुले प्रस्तुत एजेन्डामा केन्द्रित भएर छलफलमा भाग लिने नेता झाले बताए । राष्ट्रिय जनता पार्टी, नेपाललाई महाधिवेशन सम्पन्न गर्न निर्वाचन आयोगले पनि ताकेता गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);