राष्ट्रिय महाधिवेशन तत्काल गर्न राजपामा दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रिय महाधिवेशन तत्काल गर्न राजपामा दबाब

काठमाडौं, ११ बैशाख । राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दवाव दिन सुरु गरेका छन् । तीन दिनयता काठमाडौंमा जारी राष्ट्रिय जनता पार्टी, नेपालको पदाधिकारी समितिको बुधबारको बैठकमा नेताहरुले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दवाव दिएका हुन् ।

बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको महासचिव केशव झाले जानकारी दिए । राष्ट्रिय जनता पार्टी, नेपालको यही बैंशाख ७, ८ र ९ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

बैठकमा नेताहरुले अव भने महाधिवेशन गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए । त्यसैगरी समान विचार भएका पार्टीहरुसँग एकता गरेर पार्टीलाई शक्तिशाली बनाउने विषयमा पनि नेताहरुले जोड दिएको पनि महासचिव झाले बताए । राष्ट्रिय जनता पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकताका विषयमा छलफल भईरहेको छ ।

बैठकले सरकारविरुद्धको आन्दोलनको कार्यक्रमलाई सशक्त रुपमा अघि बढाउने तयारी पनि गरेको राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);