दुई कामु प्रधानन्यायाधीश ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

दुई कामु प्रधानन्यायाधीश !

sarbachha adalat

काठमाडौँ, २ भदौ ।  मुलुकी ऐनलाई विस्थापित गर्दै नयाँ कानुन लागू भएको दिन शुक्रबार दुई जनाले कामु प्रधानन्यायाधीशको हैसियतमा शुभकामना दिएका छन् ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि १५ दिन बिदामा रहेका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले घरबाटै शुभकामना दिएका थिए । कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वाेच्चको दैनन्दिनको काम सम्हाल्दै आएका ओमप्रकाश मिश्रले भने सिंहदरबार पुगेर औपचारिक समारोहमा नयाँ कानुनले आम मानिसको व्यवहारलाई सुधार्ने अपेक्षाका साथ यसको थालनी शुभ होस् भनी कामना गरेका थिए ।

प्रधानन्यायाधीशको स्वकीय सचिवालय बालुवाटारका तर्फबाट भन्दै जोशीका छोरा अधिवक्ता प्रवीन्द्रराज जोशीले सञ्चारकर्मीहरूलाई शुभकामना मन्तव्यको प्रति इमेल पठाएका थिए ।

उक्त मन्तव्यमा संविधान र कानुनको उचित पालना हुनुपर्ने भनी उल्लेख छ । करिब डेढ पेज लामो वक्तव्यमा जोशीले आफूलाई कामु प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष भनी परिचय गराएका छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार