बुटवलमा सामूहिक ईहि यज्ञ तथा क्येटा पूजा सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बुटवलमा सामूहिक ईहि यज्ञ तथा क्येटा पूजा सुरु

सत्य नारायण मानन्धर
बुटवल, ३ फागुन ।
नेवारी कन्याहरुको सामूहिक ईहि यज्ञ (बेलबिवाह) तथा क्येटा पूजा सुरु भएको छ । नेवा सेवा समिति बुटवल कालिकानगरको आयोजनामा देविनगरस्थित भूपूसैनिक क्लबको भवनमा दुई दिने कार्यक्रम सोमबारदेखि सुरु भएको हो ।

समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सामुहिक रुपमा गरिने यस्ता कार्यक्रमबाट छरिएर रहेका नेवारहरु बिच एकता हुनुको साथै आर्थिक ब्ययभार समेत परिवारलाई कम हुने दाबी गरे । प्रत्येक वर्ष संस्थागत रुपमा गरिने ईहि यज्ञ अहीले ११औंपटक आयोजना गरिएको कार्यक्रम गरिएको उनले बताए ।

नेवार पण्डित हरिशरणोराज्योपाध्यले संस्कृतिमा धनी नेवारहरु संगठित भएर लाग्दा नया पिढिलाई यसको ज्ञान हुने बताए । समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ ८० जना कन्याहरु सहभागि रहेको बताए । यसैगरि दोस्रो दिन ८ जना नेवार बालकको ब्रतबन्ध समेत हुने उनले बताए ।

कार्यक्रममा रुपन्देही,काठमाडौ, दाङ, पाल्पा, अर्घाखाची लगायत क्षेत्रबाट सहभागिता रहेको छ भने आर्थिक स्थिति कमजोर भएका कन्या को निःशुल्क रुपमा कार्यक्रममा सहभागी गराइने बताए ।

संयोजक बिष्णुमाया श्रेष्ठले नेवार जातिभित्र रहेको धनी र गरिबको खाडल हटाउन यसरी गरिने सामुहिक कार्यले सहयोग मिल्ने बताईन । विहान भूपूसैनिक क्लबको भवन बाट शुरु भएको जनचेतना र्याली बुटवल ११ मा रहेको नेवा समितिको भवन पुगेर पुन: भुपुसैनिकमा फर्किएर औपचारिक कार्यक्रम शुभारम्भ भएको थियो l कार्यक्रममा मुलकजीको रुपमा रमेश कुमार श्रेष्ठ रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);