निःशुल्क महिला प्रजनन स्वास्थ्य उपचार गर्न उपप्रमुख प्रजनन स्वास्थ्य प्रवर्धन सेवा सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निःशुल्क महिला प्रजनन स्वास्थ्य उपचार गर्न उपप्रमुख प्रजनन स्वास्थ्य प्रवर्धन सेवा सञ्चालनमा

बारा, ३ फागुन । बाराको निजगढ नगरपालिकाका महिलाहरुलाई लक्षित गरी उपप्रमुख प्रजनन स्वास्थ्य प्रवर्धन सेवा निःशुल्क सञ्चालनमा आएको छ । नेपालका ७ सय ५३ स्थानीय तह मध्ये निजगढ नगरपालिमा पहिलो पटक उपप्रमुख प्रजनन स्वास्थ्य प्रवर्धन सेवा सञ्चालन गरिएको हो ।

नगर भित्रका महिलाहरु समाजिक , आर्थिक समस्याका कारण जटिल अवस्था नहुँदा सम्म उपचार नगर्ने भएको पाईएकै कारण उपप्रमुख प्रजनन स्वास्थ्य प्रवर्धन सेवा सञ्चालन गरिएको निजगढ नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले निजगढ नगर भित्रका महिलाहरुलाई निःशुल्क महिला स्वास्थ्य सम्बन्धी उपचार गर्न सुरु गरेको बताएको छ ।

निजगढ नगर भित्र महिलाहरुको स्वास्थ्य सम्बन्धी धेरै समस्या भेटिएको र यहाँका महिलाहरु जटिल अवस्था नभए सम्म उपचार गर्न नजाने बानी रहेकै कारण यहाँका महिलालाई निरोगी , स्वस्थ रहन सहयोग यस सेवाले सहयोग गर्ने विश्वासका साथ उपप्रमुख प्रजनन स्वास्थ्य प्रवर्धन सेवा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

सञ्चालनमा रहेको उपप्रमुख प्रजनन स्वास्थ्य प्रवर्धन सेवाबाट आँफुहरुलाई निकै राहत मिलेको र निःशुल्क महिला स्वास्थ्य सम्बन्धी उपचार गर्न पाउँदा आँफु खुसी रहेको स्थानीय गंगा देबी आचार्यले बताईन् । यस्तै महिला भएर महिलाको निम्ती देख्दा साने भएता यस्ता सेवा सञ्चालनबाट धेरै महिलाहरुले राहत पाउँने र उपचारका निम्ती बाहिर जिल्ला जानुपर्ने समस्याको अन्य भएको अर्का स्थानीय राधिका सापकोटाले बताईन् ।

महिलाहरुमा प्रजनन् सम्बन्धी देखिने पाठेघरका बिरामीहरु बढ्दै गए पनि महिलाहरु खुलेर आफ्ना समस्या राख्न अप्ठ्यारो मान्ने भएकाले महिलाहरुका लागि महिला चिकित्सकहरुबाट नै उपचार गराउँने र महिलाहरुले खुलेर आफ्ना स्वास्थ्यका समस्या राख्ने भएकाले यस सेवाबाट निजगढ नगर भित्रका मात्र नभई छिमेकी नगरपालिकाका महिलाहरुले स्वास्थ्य सेवा पाउँने अपेक्षा गरिएको छ ।

बिगतमा नगर भित्रका कतिपय महिला समय मैं उपचार नपाए कै कारण अकालमा ज्यान समेत गुमाउँने गरेको घटनाहरु प्रशस्तै रहेको र आगामी दिनमा उपचार बाटै बन्चित भएर अकालमा नगरका महिलाले ज्यान गुमाउँनु नपर्ने उपप्रमुख लिला देवी लामिछाने खनालले बताईन् ।

नगरपालिकाको स्वास्थ्य सम्बन्धी कार्य विधि नंै तैयार गरी सेवाको थालनी गरेर उपप्रमुख प्रजनन स्वास्थ्य प्रवर्धन सेवा सञ्चालन गरिएको र सम्भवत : देशभर कै स्थानीय तहहरु मध्ये निजगढ नगरपालिका पहिलो रहेको हुँदा यसबाट बिरामी महिलाहरुका स्वास्थ्य परिक्षणसँगै उपचार हुँने आशा जगाएको उपप्रमुख लामिछानेले बताईन् ।

निजगढ नगरको साबिक रतनपुरी , भरतगंज सिगौंलबाट सबै भन्दा धेरै बिरामी महिलाहरु स्वास्थ्य सेवा लिन आउँने गरेको पाईएको छ । यस सेवामा नियमित पाठेघर परिक्षण , आङ खसेको स्क्रिनिङ्ग परिक्षण , स्तन क्यान्सर , बाँझोपन सम्बन्धी परामर्श लगायत अन्य महिला स्वास्थ्य सम्बन्धी उपचार गरिने जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);