पर्सामा धुमधामका साथ गणेश चतुर्थी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पर्सामा धुमधामका साथ गणेश चतुर्थी सुरु

बारा । हिन्दु धर्मावलम्बीहरुले मनाउने श्री गणेश चतुर्थीको शुभ अवसरमा बारा, पर्साको विभिन्न स्थानमा धुमधामका साथ शुक्रवार देखि ५ दिन सम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ ।

बाराको जीतपुर र बिरगंजको घरियर्वा पोखरीमा साे अवसरमा शुक्रवार बिहान शोभा यात्रा निकालेर भव्य रुपमा श्री गणेश चतुर्थी पूजनको आयोजना गरिएको हो ।

बिगत एक दशक देखि आयाेजना गरिए झैं यस वर्ष पनि श्री सिद्धिविनायक पूजा समिति जीतपुर, बाराको आयोजनामा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित गौशालाको फिल्डमा ५ दिन सम्मका लागि गणेश भगवानको पूजा अर्चना सुरु गरिएको छ ।

पूजाको पहिलो दिन शुक्रबार बिहान पूजा समितिका अध्यक्ष श्रीराम साह कानुको अध्यक्षतामा पूजा स्थलबाट निकालिएको शोभा यात्रा घोडाकाे घाेड्दाैल र बाजागाजाका साथ उपमहानगरको जीतपुर स्थित मुख्य सड्क हुँदै पहाडिटोल , पाडाबाजार , केराढोका , टेंढारोड लगायतको बिभिन्न स्थानहरुको परिक्रमा गरि पुन : पूजा स्थलमा फर्किएको थियो ।

शोभा यात्रामा विभिन्न राजनीतिज्ञ लगायत स्थानीय समाजसेवी, स्कुल स्तरका छात्र–छात्राहरु, विभिन्न क्लबका पदाधीकारीहरु सहितका श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।

पाँच लाखको अनुमानित लागतका भईरहेको सो पूजाका आचार्य पवनेश शास्त्रीका साथमा अन्य आचार्यहरुद्वारा मन्त्रको उच्चारण गर्दै पूजा गराई श्री गणेश भगवानको प्रति मूर्तिको स्थापना गरि पूजाको शुभारम्भ भएको हो ।

यता विश्व शान्तिको कामना गर्दै जीतपुरमा आयोजना गरिएको पूजाको मुख्य आकर्षणको रुपमा श्री गणेश भगवानलाई भोग चढाइँने दुई सय ६५ किलोको लड्डु अर्थात् महाभाेग रहेको छ ।

सो अवसरमा प्रत्येक दिन हुने सांस्कृतिक कार्यक्रम विभिन्न स्थानका कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजक समितिका अध्यक्ष श्रीराम साह कानुले बताए ।

यसैबिच श्री गणेश चतुर्थीको अवसरमा बिरगंजकाे घरियर्वामा पनि निकालिएको शोभा यात्राले बिरगंज नगर परिक्रममा गरी पूजा स्थलमा फर्किएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);