शोभा यात्रा निकालेर गणेश चतुर्थी महोत्सवको आयोजना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

शोभा यात्रा निकालेर गणेश चतुर्थी महोत्सवको आयोजना

बारा, १६ भदौ । हिन्दु धर्मावलम्बीहरुले मनाउने गणेश चतुर्थी तथा महिलाहरुको महान पर्व तीजको शुभ अवसरमा बारा, पर्साको बिभिन्न स्थानमा धुमधामका साथ सोमवारदेखि ६ दिनसम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ ।

बाराको जीतपुर, परवानीपुर, बिरगंजको छपकैंया, घरियर्वा पोखरी, माईस्थान, ड्राईपोर्टमा बिहान शोभा यात्रा निकालेर भव्य रुपमा गणेश चतुर्थी महोत्सवको आयोजना गरिएको हो ।

बिगतका आठ वर्षहरु झैं यस वर्ष पनि श्री सिद्धिविनायक पूजा समिति जीतपुर बाराले जीतपुरसिमरा उपमहानगरापालिकामा आयोजना गरिएको हो ।

उपमहानगरपालिकाको वडा नं.७ स्थित गौशालाको फिल्डमा सोमवार देखि ६ दिन सम्मका लागि गणेश भगवानको पुजा अर्चना सुरु गर्नुका साथै मेलाको पनि आयोजना गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);