विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाइने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाइने

काठमाडौं । यस वर्षको विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने भएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फूड फस्र्ट इन्फरमेशन एण्ड एक्शन (एफआइएएन) की कार्यक्रममा कार्यक्रम संयोजक लइनी गुरुङले विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने जानकारी दिएका हुन् । उनले खानाका लागि खेतीपातीका महत्वपूर्ण सवालहरुमा महिनाव्यपी संवाद तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको बताईन् ।

कार्यक्रम संयोजक गुरुङले सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने प्रतिज्ञा बिर्सिएको र प्रदेश तथा पालिकाहरुले पनि यसमा उत्साह नदेखाएको बताईन् ।

संयोजक गुरुङले १४ औँ विश्व खाद्य दिवसको महिनाव्यापी कार्यक्रममा सबै नेपाली भोको रहनु नपर्ने र पर्याप्त खाना खान पाउनेलगायत आधारभूत खाद्य अधिकार, समाजका संरचनात्मक विभेदको अन्त्य गर्ने कुरामा केन्द्रित हुने बताए । उनले कोरोना महामारीको जोखिमसँगै खाद्य तथा कृषि प्रणालीको सुधारका प्रयत्नहरु भइरहेको बताईन् ।

नेपाली किसानलाई केन्द्रमा राखेर मात्र नेपालले दिगो खाद्य तथा कृषि प्रणालीको विकास गर्न सक्ने भन्दै संयोजक गुरुङले सबै तहका सरकार, नागरिक समाज, सञ्चार जगत र सम्पूर्ण किसान समुदायलाई खाद्यका लागि कृषि अभियानमा जुट्न आह्वान गरिन् ।

यस वर्ष हाम्रो पहलः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण भन्ने नारासहित ४१ औँ विश्व खाद्य दिवस मनाउन लागिएको छ । सन् १९७९ देखि शुरु भएको विश्व खाद्य दिवस नेपालले ४ दशक यता मनाउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);