१० औं राष्ट्रिय खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाइयाे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१० औं राष्ट्रिय खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाइयाे

काठमाडौं, २४ जेठ । बिहीबार १० औं राष्ट्रिय खाद्य स्वच्छता दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा सरकारले खाद्यमा स्वच्छता र गुणस्तर कायम गर्न सरोकारवाल सबैलाई आह्वान गरेको छ ।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उपमहानिर्देशक डा. मतिना जोशी बैद्यले खाद्यमा स्वच्छता र गुणस्तर कायम गर्न सरोकारबाला सबैलाई आह्वान गरे ।

उनले खाद्यमा स्वच्छता र गुणस्तर कायम गर्न बजार अनुगमनको कामका कडाई गर्ने चेतावनी दिए । विभागले आयातजन्य खाद्य बस्तु गुणस्तरीय भए/नभएको अनुगमनका लागि विशेष अभियान नै संचालन गर्ने योजना पनि बनाएको छ । यसैगरी देशका विभिन्न भागमा पनि १० औं राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);