विश्व खाद्य दिवस भव्यताका साथ मनाउने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्व खाद्य दिवस भव्यताका साथ मनाउने सरकारको तयारी

काठमाडौं, २८ असोज । सरकारले ३९ औं विश्व खाद्य दिवस भव्यताका साथ मनाउने भएको छ । कृषि विभागले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भोली असोज २९ गते (अक्टोबर १६ तारिक) का दिन विश्वभर मनाइने सो दिवसमा नेपालमा पनि भव्य रुपमा मनाउने जानकारी गराएको हो ।

‘पहलः स्वस्थ आहार, भोकमुक्त संसार’ भन्ने मूल नाराका साथ भोली ३९ औं विश्व खाद्य दिवसमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले जानकारी दिनु भयो ।

कार्यक्रम अनुसार भोली (बुधबार) बिहान सो दिवसको अवसर पारेर बिहान ८ बजेदेखि १० बजेसम्म ललितपुरको हरिहर भवनदेखि जावलाखेल र जावलाखेलदेखि हरिहरभवनसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ ।

त्यसैगरी १० बजेदेखि २ बजेसम्म कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्यमा विश्व खाद्य सम्बन्धि औपचारिक कार्यक्रम आयोजना हुने पनि विभागका महानिर्देशक पौडेलले बताउनु भयो । नेपालले खाद्य सुरक्षाको महत्व उजागर गर्ने उद्देश्यका साथ सन् १९८१ देखि सो दिवसमा राष्ट्रिय रुपमा मनाउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);