गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु 

हरियाण। भारतको हरियाणामा गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोनीपतमा तीन जनाको मृत्यु भएको छ भने महेन्द्रगढमा चार जनाको डुबेर मृत्यु भएको छ । भदौ ३१ गतेदेखि शुरु भएको १० दिन लामो गणेश चतुर्थी पर्व शुक्रबार विसर्जन समारोहका साथ समापन भएको छ । गणेशका मूर्तिहरूलाई नजिकैको जलस्रोतमा लगेर विसर्जन गरिन्छ । भक्तजनहरूले मूर्तिहरू विसर्जनका लागि ठूलो लस्कर निकाल्छन् ।

महेन्द्रगढमा कनिना–रेवारी सडकखण्डस्थित झगडोली गाउँ नजिकैको नहरमा गणेशमूर्ति विसर्जन गर्न गएका करिब ९ जना पानीको तीव्र बहावमा बगेका छन् । राति अबेरसम्म नहरबाट आठ जनालाई निकालिएको थियो । जसमध्ये चार जनाको मृत्यु भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);