खोलामा डुबेर एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

खोलामा डुबेर एक युवकको मृत्यु

सुनसरी, ४ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं.३ मा खोलामा डुबेर एकजना युवकको मृत्यु भएको छ । गाउँपालिकामा पर्ने मारिया खोलामा विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न गएको २५ वर्षीय सन्तोष मण्डल पानीमा नुहाउन गऐपछि डुबेका थिए ।

स्थानीयहरू मिली खोजितलासी गरेपछि सन्तोष मण्डलको शव ४८ घन्टा पछि मृतअवस्थामा भेटिएको थियो ।

दुहवी सोनापुर घर भएका मृतक १० वर्ष देखी ज्याला मजदूरी गर्दै आएका थिए । रक्षाबन्धनमा मामाको घरमा पाहुना बस्न आएका उनि सरकारले जारी गरेको लकडाउनका कारण घर जान सकेका थिएनन् र २ महिना देखी देवानगंज, मामाको घरमा बस्दै आएका थिए ।

मृतकको शवलाई पोस्टमार्टमको लागि इनरुवा अस्पताल लगिएको इलाका प्रहरी कार्यालय देवानगंजले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);