खोलामा डुबेर २ जना बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

खोलामा डुबेर २ जना बालिकाको मृत्यु

चितवन, ७ साउन । चितवनको खैरहनी नगरपालिका ३ स्थित लदरी खोलामा डुबेर दुई बालिकाको ज्यान गएको छ । पौडी खेल्ने क्रममा डुबेर एकैघरका दुई जना बालिकाको मृत्यु भएको हो ।

खोलामा डुबेर खैरहनी ३ बस्ने १३ बर्षिया करुणा विश्वकर्मा र १० बर्षिया रिया विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय, खैरहनीका प्रमुख प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले जानकारी दिए । उनीहरुसँगै खोलामा डुबेकी ललितपुर ४ इमाडोल बस्ने १५ बर्षिय अस्मीता गौतमलाई भने स्थानियले उद्धार गरेका थिए । उनको अहिले उपचार भइरहेको छ ।

लदरी खोलाबाट अबैध रुपमा एक्साभेटर प्रयोग गरि ग्राबेल उत्खनन् गरिएको र सोहि खाल्डोमा परि बालिकाहरुको ज्यान गएको मृतक बालिकाकी आफन्त मनकुमारी सुनारले बताइन् ।

यसैबीच, स्थानियहरुले खोलामा उत्खनन गर्ने ठेकदारलाई कारबाहीको माग समेत गरेका छन् । उक्त खोलामा साविकको जिल्ला बिकास समिती चितवनले ठेक्का खुलाएर हातेऔजारको प्रयोग गरेर खोलाजन्य पदार्थ निकाल्न स्विकृती दिएको थियो ।

तर ठेकदारहरुले एक्साभेटरको प्रयोग गरेर उत्खनन गरेका थिए । त्यसरी अबैध रुपमा एक्साभेटरको प्रयोग गरेर उत्खनन गर्दा समेत अनुगमन गर्ने जिल्ला समन्वय समिती मौन बसेको थियो । खैरहनी नगरपालिकका मेयर लालमणी चौधरीले खोलामा भएका ठुलाठुला खाल्डाहरु पुर्ने र ठेकदारलाई झिकाउने प्रतिबद्धता व्यक्त गरे ।

चितवनका अधिकांस खोलाहरुमा हातेऔजारले खोलाजन्य वस्तु निकाल्ने भनियतापनि ठेकदारहरुले एक्साभेटर नै प्रयोग गर्ने गरेका छन् । सोहि खोलामा एक्साभेटरले खनेको खाल्डोमा परेर यसअघि पनि एक जनाको मृत्यु भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);