छठ पर्वको दोश्रो दिन खर्ना गरिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

छठ पर्वको दोश्रो दिन खर्ना गरिँदै

chhat puja

बारा, ४ मंसिर । तराई बासीले ज्यादै नैं महत्वका साथ मनाउँने महान् छठ पर्वको बिहीबार दोस्रो दिन खरना गरिँदै छ । पर्वको पहिलो दिन बुधवार नहान–खान गरि शुद्ध भई ब्रत बस्न सुरु गरेका ब्रतालुहरुले बिहीबार आज दिन भर उपवास बसेर बेलुकी दूध र सक्खरमा बनाईएको खिर, रोटी खाएर खरना गर्ने छन्, जसलाई रसियाव रोटी पनि भनिन्छ ।

शुक्रबार तेश्रो दिन साँझ पख अस्ताउँदै गरेको सूर्य भगवानलाई अर्घ दिई शनिबार बिहान उदाउँदो सूर्य भगवानलाई अर्घ दिए पछि यो पर्व सम्पन्न हुने छ । चर्मरोगको नाश तथा पारिवारिक सु:ख समृद्धिका लागि छठी माताको आराधना गर्दै यो पर्व मनाइँने गरिएको स्थानीय ब्राह्मण शम्भु झाले बताए ।

नेपालको तराई क्षेत्र तथा उत्तरी भारतमा मनाइँने छठ पर्व धुमधामका साथ मनाईन्छ । निकै कठिन मानिने यो पर्वका चार दिन मध्ये दुई दिन छठ ब्रतालुहरुले अन्न–पानी नखाई भोकै बसी ब्रत गर्दछन् । तराई क्षेत्रको हरेक गाउँमा नदि , पोखरी , तलाउ लगायतको जलाशयमा छठ पर्वका लागी छठ घाट सजाउँने कार्य गरिएको छ । छठलाई हर्षोल्लासका साथ मनाउँन बारा , पर्सा , रौतहट , मकवानपुर , सर्लाही , जनकपुरको बिभिन्न स्थान लगायत तराई क्षेत्रको विभिन्न स्थानका पोखरी तथा नदिमा छठ घाट बनाउँने र सजाउँने कार्य भएका हुन् ।

कार्तिक महिनामा बढी खर्चमा रंगी–चंगी झकिझकाउ पारेर दुल्ही जस्तै सिंगारेर छठ पुजा गरिन्छ । तर , कोभिड–१९ कोरोना प्रभावका कारण यस पटकको छठ पर्वमा भने अन्य वर्षको तुलनामा छठ घाटको सजावटमा कमि देखिएको छ ।

यता छठपर्वको अवसरमा यस क्षेत्रको विभिन्न स्थानको बजारहरुमा छठ पूजासँग सम्बन्धित विभिन्न सामग्रीहरु खरिदारी गर्ने छठ ब्रतालुहरुको अहिले पनि घुइँचो लागेको छ । भने छठ पूजाको प्रशादको रुपमा बनाइँने ठेकुवा , खजुरी , रसियाव रोटी लगायतको पूजा सामग्री बनाउँनका लागि चक्की मिलमा गहुँ पिधाउँने कामहरु ब्रतालुहरुले गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);