ढाकामा आँखा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ढाकामा आँखा

dhaka

काठमाडौँ, २६ बैशाख । ‘जय ढाका, माग्ने काका’ । हास्य कलाकार केदार घिमिरे ‘माग्नेबूढा’ ले फेसबुकमा राखेको एउटा तस्बिरमा अभिनेत्री निर्देशक दीपाश्री निरौलाले यस्तै कमेन्ट गरिन् । दीपाले यस्तो कमेन्ट गर्नुमा माग्नेबूढाको गेटअप मूल कारण थियो । उनी अभिनयमा जति कमेडी देखिन्छन्, उस्तै प्रभाव फेसबुकमा पनि झल्काउँछन् ।

विभिन्न सामाजिक मुद्दामा व्यंग्य गर्दै स्टाटस राख्न माग्नेबूढा बढी सक्रिय देखिन्छन् । महिना दिनअघि भने उनले आफ्नै तर फरक तस्बिर हाले । तस्बिरमा उनी ढाकाको पहिरनमा चिटिक्क सजिएका थिए । नीलो सादा भित्तामा दौरा सुरुवाल, ढाकाको कोट र टोपीमा ठाँटिएका माग्नेबूढाले अल्बर्ट योङहाङ नाम गरेका बालकसँग तस्बिर खिचाएका थिए । ठिङ्ग उभिएका उनको स्टाटस त्यस्तै रमाइलो थियो, ‘मान्छे पनि नेपालमा बनेको, लुगा पनि नेपालमा बनेको, विथ अल्बर्ट योङहाङ ।’ उनको यस्तो ढाका फेसन प्रचार शैलीलाई व्यंग्य कस्दै दीपाश्रीले ‘जय ढाका, माग्ने काका’ लेखिकी हुन् । यसपछि कमेन्टमाथि कमेन्ट ओइरिए । धेरै जसोले ढाकाको पहिरनमा सुहाएको भन्दै प्रशंसा गरेका छन् ।

यो त भयो फेसबुक चर्चा । अचेल ढाकाको पहिरन शिरदेखि पाउसम्म लगाउने परम्परा बढो छ । सेलेब्रिटीहरूले विभिन्न कार्यक्रममा आफूलाई भलाद्मी र मौलिक देखाउन ढाकाका लुगा रोज्ने गरेका छन् । डिजाइनर कल्पना योङहाङ भन्छिन्, ‘नेपाली पोसाकप्रति रुचि बढ्दै छ अचेल ।’ उनका अनुसार ढाकाको पहिरन जाडोमा मात्रै नभई गर्मीमा पनि लगाउन मिल्ने गरी डिजाइन गर्न सकिन्छ ।

दीपाश्रीले पनि नयाँ वर्ष मनाउँदै गर्दा शिरदेखि पाउसम्म ढाकाकै सारी र चोली लगाएको तस्बिर फेसबुकमा राखेकी थिइन् । ढाकाको पहिरनमा उनी ‘अग्र्यानिक’ भएको महसुस गर्छिन् रे । साथी लक्ष्मी भद्राले ढाका प्रमोसनका लागि उनलाई सारी र ब्लाउज उपहार दिएको उनले बताइन् । सिल्क, सिफन, बनारसी सारी लगाउँदाभन्दा ढाकाको सारी लगाउँदा फरक आनन्द महसुस हुने उनको दाबी छ । ‘मैले नै रोजेको हो ढाकाको सारी,’ उनले भनिन्, ‘बोल्ड लुक्स दिन्छ ढाकाले ।’ दीपा वैशाखभरि ढाका पहिरनको प्रोमोसनमै नै लागिन् । जुनसुकै कार्यक्रममा पनि उनी ढाकाकै पहिरनमा देखिइन् ।

त्यस्तै, ढाका मन पराउने सेलेब्रिटीमध्ये अञ्जु पन्त र मिलन अमात्य पनि पर्छन् । उनीहरूको फेसबुकमा पनि ढाकाका पहिरन लगाएका थुप्रै तस्बिर भेटिन्छन् । गुलाबी ढाकामा गाउन लगाएको अञ्जुको तस्बिर सुन्दर लाग्छ । उनी सांगीतिक कार्यक्रम र अवार्ड कार्यक्रमहरूमा समेत ढाकाकै पहिरन लगाउन मन गर्छिन् ।

गायिका अमात्यको सामाजिक सञ्जाल पनि ढाकाकै पहिरनमा रंगिरहेको हुन्छ । फरक के भने उनी प्राय ढाकामा आधुनिक डिजाइन भरेका पहिरन म पराउँछिन् । कान्तिपुरबाट

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);