दीपिका भुटान पुगिन्, बिना मेकअप लुकमा देखेपछि फ्यान दंग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

दीपिका भुटान पुगिन्, बिना मेकअप लुकमा देखेपछि फ्यान दंग

एजेन्सी, २९ चैत्र । बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले भुटानमा छिन् । जसका केही तस्बिर दीपिकाको फ्यान पेजले उनको सामाजिक सञ्जाल अकाउन्टमा शेयर गरेका छन् । यी तस्बिरहरूमा दीपिका त्यहाँ उपस्थित आफ्ना फ्यानहरूसँग सेल्फी खिचिरहेको देखिएकी छिन् ।

भुटानको एउटा क्याफेले दीपिकासँगको तस्बिर सेयर गरिन्, जसमा उनी आफ्ना फ्यानहरूसँग सेल्फी खिचिरहेको देखिएकी छिन् । यो तस्विरमा अभिनेत्री सेतो पहिरनमा देखिएकी छिन् । उनले कालो सनग्लास पनि लगाएका छिन् । तस्बिरको क्याप्शनमा लेखिएको छ “नफाग हेरिटेज भ्रमण गर्नुभएकोमा धेरै धेरै धन्यवाद तपाई र तपाईको परिवारको सेवा गर्न पाउँदा खुशी लाग्यो“।

त्यस्तै, दोस्रो तस्बिरमा उनी भुटानको टाइगर्स नेस्ट मठमा फ्यानसँग देखिएका थिइन् । तस्वीरमा अभिनेत्रीले महिलाको काँधमा हात राखेकी छिन् । यस क्रममा दीपिका बिना मेकअप लुकमा देखिएकी थिइन् । उनले कालो पहिरन लगाएका छन् । सामाजिक सञ्जालमा यी तस्विरहरू देखेर दीपिकाका फ्यानहरू निकै खुसी भएका छन् । फोटोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ’यो सत्य हो कि दीपिका निकै नम्र र डाउन टु अर्थ छिन्।’

दीपिका अब छिट्टै ऋतिक रोशनसँग फिल्म फाइटरमा देखिनेछिन् । फाइटर गणतन्त्र दिवस २०२४ मा थिएटरहरूमा रिलीज हुनेछ। यस फिल्ममा अनिल कपुर पनि महत्वपूर्ण भूमिकामा छन् । यसबाहेक उनीसँग ‘द इन्टर्न’ र ‘प्रोजेक्ट के’ को हिन्दी रिमेक पनि छन् । ‘प्रोजेक्ट के’ मा प्रभास र अमिताभ बच्चन पनि छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);