निशान नम्बर एकमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निशान नम्बर एकमा

nishana bhattarai

काठमाडौँ, १७ जेठ । गायक निशान भट्टराईका ‘कोरेर मीठा भावहरू’, ‘आफ्नै छाया’ लगायत गीत यसअघि सार्वजनिक भएका थिए ।
अहिले उनी ‘भुन्टी’ को म्युजिक भिडियोका कारण युटयुब ट्रेन्डिङको नम्बर एक स्थानमा आइपुगेका छन् । यसै साता अपलोड गरिएको भिडियोमा बुधबार दिउँसोसम्म १६ लाख भ्युज र चार हजार कमेन्ट थिए ।

बरीलै भाकामा देउडा भाषा मिसाइएको गीत राजेन्द्र भट्टले लेख्नुका साथै संगीतबद्ध गरेका हुन् । यसमा मोहित मुनालको एरेन्जमेन्ट छ । टेकेन्द्र शाह निर्देशित भिडियोमा रामकुमार केसीको छायांकन सुन्दर लाग्छ । भिडियोमा निशानसँग एलिशा राईलाई देख्न सकिन्छ । ‘गायन अनि मोडलिङमा समेत पोख्त छन् निशान,’ सिंगके याकथुम्बा नामक युटयुब युजरको प्रतिक्रिया, ‘जय होस् भतिज ।’

बिन्दु सिग्देलले ‘नक्कले भुन्टे’ भन्दै निशानलाई अर्को पनि गीत निकालिहाल्न अनुरोध गरेकी छन् । बुद्ध तामाङ नामक युटयुब दर्शकले निशानको काम राम्रो लागेको प्रतिक्रिया दिएका छन् । उनी कमेन्ट लेख्छन्, ‘अहिलेसम्मका आइडलमध्ये निशानले राम्रो गीत निकाले, खुसी लाग्यो ।’ भिडियोमा ५ हजार लाइक्स र २५ सय डिस्लाइक देखिन्छ । कतिपयले गीतमा रामचन्द्र काफ्लेको फ्लेभर आएको बताएका छन् ।

ट्रेन्डिङको दोस्रो स्थानमा दक्षिण भारतीय फिल्म ‘हे बेबी २’ थियो । हिन्दीमा भाषानुवाद गरिएको फिल्ममा सूर्य तेजf, हर्षिका पुन्च, नरेश, सुमन, प्रभास सिनुलगायत कलाकार आबद्ध छन् । यसलाई केआर विष्णुले निर्देशन गरेका हुन् । नेपालमा बलिउडसँगै कलिउड (साउथ इन्डियन) फिल्म उत्तिकै लोकप्रिय छन् ।

गायक प्रकाश सपुतको ‘बोल माया’ गीत ट्रेन्डिङको तेस्रो नम्बरमा देखियो । झन्डै बीस मिनेट लामो गीतमा प्रकाशसँगै नारायण रायमाझी र शान्ती श्री परियारको स्वर सुन्न सकिन्छ । शब्द, संगीत दुवै प्रकाशकै हो भने भने कमल सौरागले अरेन्जमेन्ट गरेका छन् । पछिल्लो समय यो लोक भाका निकै चर्चित छ । वैदेशिक रोजगारीको अँध्यारो पाटो समेटिएको म्युजिक भिडियोमा २८ लाख भ्युज देखिन्थ्यो ।

‘हामी प्रवासीको यथार्थलाई गीतको माध्यमले उजागर गरिदिनुभएकोमा शिर निहुराई ढोगेँ,’ उदय मगर रोल्पाली लेख्छन्, ‘यस्तो संवेदनशील विषयको गीत सुने र हेरेपछि नेपाल सरकारले बिदेसिने माहोल न्यूनीकरण गर्न पहल गरोस् । हामी बाध्यताले परदेसिएका हौं ।’ रोज डेभिड नामक युटयुब प्रयोगकर्ताले चाहिँ लक्ष्मी प्रसाद देवकोटाको मुनामदनपछि बिदेसिनुको जीवन्त, मर्मश्पर्सी र सामाजिक यर्थाथमा आधारित गीत यो नै रहेको अनुभव गरेका छन् ।

गायक दीपक बज्राचार्यको पछिल्लो गीत ‘मन मगन’ पनि राम्रो चलिरहेको छ । यसको कन्सेप्ट डान्स भिडियो ट्रेन्डिङको चौथो स्थानमा पर्दा १६ लाख भ्युज र २५ सय कमेन्ट थिए । राहुल साहले बनाएको भिडियो निकै ऊर्जाशील रहेको फिडब्याक प्रशस्त आएका छन् । ‘आई लभ योर डान्स,’ आले एरिका लेख्छिन्, ‘धेरै मिहिनेत गरेको देखिन्छ । भविष्यमा पनि राम्रो गर्छौ भन्ने आशा छ ।’

भिडियोमा अभिनेता दिलीप रायमाझीको नृत्य अलि बढी राखेको भए हुने भन्ने आशयका प्रतिक्रियाहरू उत्तिकै छन् । दीपकको गीत सुन्दर भए पनि यसमा बलिउड फिल्म ‘वीर’ को ‘ताली मार्दो’ को स्वाद आएको गौरव पौडेल, विक्रम चौधरी लगायतको बुझाइ छ । दीपकको अफिसियल भिडियोमा पनि १६ लाख भ्युज र २५ सय जति कमेन्ट छन् । डान्सिङ बिटको यस गीतमा थुप्रै कभर भिडियो बनिरहेका छन् ।

युटयुबमा बुधबार संगीतको वर्चश्व रहयो । टप टेनभित्र त्रिसाला गुरुङको कभर सङ, जे अथर र ऐजेनको ‘टाइम छैन । ’ जस्ता म्युजिक भिडियो परेका थिए । पाँचौ स्थानमा भने बल्छी धुर्बे अर्थात् मरिचमान श्रेष्ठबारे बनाइएको भिडियो ट्रेन्डिङमा थियो । हालै विवाह बन्धनमा बाँधिएका श्रेष्ठ र उनको परिवार भिडियोमा देखिन्छन् । ‘साह्रै राम्रो हँसिलो जोडी रहेछ,’ रामकृष्णले प्रतिक्रिया दिएका छन् । केहीले भने अर्काको बेडरूममै पुगेर भिडियो खिच्नु वाहियात काम भएको बताएका छन् । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);