आशावादी धीरज–साम्राज्ञी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

आशावादी धीरज–साम्राज्ञी

samagi n dhiraj

काठमाडौँ, १५ असार । फिल्म ‘ड्रिम्स’ बाट ब्रेक पाएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह त्यसपछि ‘ए मेरो हजुर २’ मा डेब्यु एक्टर सलिनमान बानियाँसँग देखिइन् ।

पछि ‘तिमीसँग’ मा आकाश श्रेष्ठ र नाजिर हुसेनसँग देखा परिसकेकी साम्राज्ञी यसै साता रिलिज फिल्म ‘कायरा’ को ट्रेलरमा आर्यन सिग्देलसँग रोमान्टिक मुडमा देखिएकी छन् । बिहीबार पुन उनलाई डेब्यु एक्टर धीरज मगरसँग फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को टिजरमा देखियो । उनले टिजर हेरेपछि खुसीले दंग परेको बताइन् ।

‘यस्तो एक्साइटेड सायद यसअघि कुनै फिल्ममा भएको थिइनँ,’ साम्राज्ञीले भनिन्, ‘मैले यस फिल्मको स्क्रिप्ट सुन्दैदेखि नै कहिले सुटिङमा जान पाइएला भन्ने भएको थियो ।’ फिल्म सुटिङमा गएको झन्डै डेढ वर्षको अवधिमा बल्ल टिजर आएको छ । साम्राज्ञीले ढिलो हुनुको जवाफ फिल्मले नै दिनेमा विश्वस्त देखिइन् ।

यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दै गरेकी कोरियोग्राफर रेनेशा वान्तवा राईले केही बाधा, कठिनाइका कारण पर्खाइ लामो हुन गएको स्वीकार गर्दै आफ्नो निर्देशनबाट स्वयंले पनि अपेक्षा राखेको सुनाइन् । भनिन्, ‘जसरी कोरियोग्राफर भएर मैले केही परिवर्तन दिन सकें ।

निर्देशकका रूपमा पनि सानै भए पनि परिवर्तन ल्याउने कोसिस गरेको छु । जेहोस्, फिल्मले तपाईंलाई खुसी बनाउनेछ ।’ आईकोर फिल्मसकै ‘मेरो एउटा साथी छ’ बाट कोरियोग्राफी थालेकी रेनेशाले दस वर्षपछि पुन सोही ब्यानरबाट निर्देशनमा डेब्यु गर्न लागेकी हुन् । प्रज्ज्वलशमशेर राणा र प्रभुशमशेर राणाको संयुक्त निर्माण रहेको फिल्मको पटकथामा रेनेशाले अभिमन्यू दीक्षितसँग सहकार्य गरेकी हुन् । नायक धीरजले राम्रै ब्यानरबाट ब्रेक पाएकोमा खुसी व्यक्त गरे ।

असोज ५ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘इन्टु मिन्टु लन्डनमा’ मा सारुक ताम्राकार, विजय लामा सुनिसा बजगार्इं, अर्जुन श्रेष्ठ, दिलभूषण पाठक, रुबी राणा शाह, विवेक लिम्बूलगायतको अभिनय रहेको छ । शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी रहेको फिल्ममा सुजिल कर्माचार्य, हर्कुलश बस्नेत, वसन्त सापकोटा र स्वप्न सुमनको संगीत रहेको छ । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);