म मात्रैले फिल्म चल्दैन : साम्राज्ञी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

म मात्रैले फिल्म चल्दैन : साम्राज्ञी

samagri aakash

काठमाडौं, ११ चैत । ड्रिम्स फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले संख्यात्मक हिसाबले धेरै फिल्म गरेकी छैनन् । यसै वर्ष उनी अभिनीत दोस्रो फिल्म ए मेरो हजुर २ रिलिज भएको थियो ।

लगातार आफू अभिनीत फिल्म बक्सअफिसमा हिट साबित हुँदा अहिले उनी डिमाण्डेड  अभिनेत्रीको लिस्टमा परेकी छिन् । उनकै कारण फिल्म हिट हुने आँकलन गर्ने गरिन्छ । यसैविच साम्राज्ञी अभिनीत तेस्रो फिल्म तिमीसँग चैत २३ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ ।

शिशिर राणा निर्देशित यस फिल्ममा नाजिर हुसेन र आकाश श्रेष्ठको पनि प्रमुख भूमिका छ । प्रदेश दौडाहाको क्रममा शनिवार चितवन पुगेकी साम्राज्ञीले आफू भएकै कारण फिल्म हिट नहुने तर्क राख्छिन् ।

पत्रकारको एक प्रश्नमा उनले भनिन्, म भएकै कारण फिल्म हिट हुने भन्ने हुँदै होइन । सबैको काम राम्रो भए फिल्म सफल हुने हो । नाजिर र आकाश दुबैलाई तिमीसँग ट्रेलर र गीतमा धेरै राम्रो कमेन्ट आएको छ । हामीले फिल्म एकदमै राम्रो बनाउने प्रयास गरेका छौं । हामी सबैको कारणले फिल्मले राम्रो रिजल्ट ल्याउँछ भन्नेमा विश्वस्त छौं ।
उनले आफूलाई नाजिरसँग पहिलोदेखि नै काम गर्ने खुब इच्छा रहेको र त्यो तिमीसँग बाट पूरा भएको बताइन् । उनी भन्छिन्, यो एउटा ट्राभल लभस्टोरी हो । ट्राभल गर्दा धेरै नयाँ मान्छेसँग भेट हुन्छ । त्यही विचको उचारचढावको कथा हो तिमीसँग  ।

कुनै दोहोरो अर्थ लाग्ने शब्द छैन । फिल्ममा प्रेम, रोमान्स, विछोड, हाँसो, रोदन, कमेडी सबै खुराक छ । कमेड भन्ने वितिक्कै अरुलाई होच्याएर, अरुको खुट्टा तानेर र गिज्याएर मान्छेलाई हँसाउने गरिन्छ । हाम्रोमा त्यस्तो छदैछैन । लभस्टोरी पनि शुद्ध लभस्टोरी छ  । उनले भनिन् ।

अभिनेता नाजिरले फिल्ममा आफूले नवलपरासीको भरतराज मिश्र भन्ने एक युवकको भूमिका निर्वाहा गरेको बताए । उनी भन्छन्, तराईको फाँटदेखि पहाड हुँदै हामी हिमालसम्म पुगेका छौं । फिल्ममा तीन नयाँ यात्रीको कथा छ, जसलाई एकअर्काको विषयमा केही थाहा हुँदैन । विस्तारै चिनजान हुँदै प्रेम, विछोडको कथा फिल्मले वाचन गरेको छ । फिल्ममा स्ट्यान्डर कमेडी छ ।

अर्का अभिनेता आकाश तिमीसँग राम्रो फिल्म बनेको बताउँछन् ।हामीले निकै मिहिनेत गरेर बनाएको फिल्म हो यो । दर्शकले हेरुन्जेल मनोरञ्जन लिनुहुन्छ । उनी भन्छन् । यस्तै, निर्देशक शिशिरले टेक्निसियन हुँदै कलाकारसम्मको सम्पूर्ण अनुभव मिसाएर आफूले परिवार सबैले हेर्न मिल्ने त्रिकोणात्मक फिल्म बनाएको बताए ।

फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);