साम्राज्ञी र धिरज स्टारर ‘इन्टु मिन्टु लण्डनमा’ शिर्ष गीत रिलिज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साम्राज्ञी र धिरज स्टारर ‘इन्टु मिन्टु लण्डनमा’ शिर्ष गीत रिलिज

into mintu landon

काठमाडौं, २९ साउन । रेनाशा वान्तवा राई निर्देशित डेब्यु फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ ।

यसमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु ब्वाई धिरज मगरको प्रमुख भूमिका छ ।
सुजिल कर्मचार्यको शब्द रहेको गीतमा उनकै स्वर सुन्न सकिन्छ । लण्डनमा खिचिएको गीतको भिडियोमा धिरज फिचर्ड छन् । गीतमा लण्डनको चित्रण गरिएको छ ।

‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लण्डनमा’ का सह निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । यो फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् । फिल्मीखवरबाट

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);