९ सहरमा पुग्दै साम्राज्ञी र धिरज | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

९ सहरमा पुग्दै साम्राज्ञी र धिरज

dhiraj samagi

काठमाडौं, १५ भदौ । ट्रेलर र गीतसंगीतका कारण चर्चामा रहेको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ ले अब आफ्नो प्रचारलाई तिव्र बनाउने भएको छ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम मोफसल दौडाहामा निस्कने भएको छ । विर्तामोड, दमक, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, चितवन र बुटवलमा हुने प्रोमोसनल टुरमा अभिनेता अभिनेत्रीसँगै निर्देशकको उपस्थिति रहनेछ ।

दर्शकलाई फिल्मको विषयमा विस्तृतमा जानकारी दिने ध्येयले प्रदेश दौडाहाको आयोजना गर्न लागिएको निर्देशक रेनाशा वान्तवा राईले बताइन् । अभिनेत्री साम्राज्ञी तेस्रो पटकको मोफसल टुरलाई लिएर उत्साहित छिन् । अभिनेता धिरजको भने यो पहिलो मोफसल यात्रा हुनेछ ।

भाद्र १६ गतेबाट सुरु हुने टुर भाद्र २९ गतेसम्म चल्नेछ । देशका प्रमुख ९ सहरमा हुने टुरमा पत्रकार भेटघाटदेखि सांगीतिक कन्सर्टको आयोजना गरिने निर्माण टिमबाट खबर प्राप्त छ । टुरमा केही गायक गायिकाहरुले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘इन्टु मिन्टु लन्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् । फिल्मीखवरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);