सञ्जय-सलमानको दोस्ती र दुस्मनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सञ्जय-सलमानको दोस्ती र दुस्मनी

काठमाडौं, २६ भदौ । एक समय अभिनेता सञ्जय दत्त र सलमान खानको मित्रताको निकै चर्चा हुने गर्दथ्यो । उनीहरू जहाँ पनि एक–अर्काको तारिफ गरिरहेका हुन्थे । तर, हालत बदलियो । उनीहरूको मित्रता दुस्मनीमा बदलियो । भारतीय मिडियाले सञ्जय र सलमानले एक–अर्कालाई घृणा गर्ने गरेको समाचारसमेत प्रकाशित गरे ।

तर, सञ्जयले भने आफू र सलमान दाजु–भाइझैँ भएकाले कहिल्यै मनमुटाव नभएको दाबी गरेका छन् । ‘हामी आ–आफ्नो काममा व्यस्त हुन्छौँ । त्यसैले दिनहुँ भेट हुँदैन । यसको मतलब यो होइन कि सलमान र मेरो सम्बन्ध बिग्रिएको छ,’ सञ्जयको दाबी छ, ‘हामी हिजो जस्तो साथी थियौँ, आज पनि त्यस्तै छौँ । हाम्रो झगडा छ भन्ने कुरा मिडियाले फैलाएको हो । त्यसमा सत्यता छैन ।’

सलमान र सञ्जय पछिल्लो दिन गणेश उत्सवका अवसरमा अम्बानीको घर एन्टिलियामा सँगै भेटिएका थिए । त्यतिवेला उनीहरू एकले अर्कालाई अँगालो हालेर हालखबर सोधेका थिए । त्यहाँदेखि मिडियाले उनीहरूको मित्रताको फेरि बखान गर्न थालेका छन् ।

खासमा सलमान र सञ्जयबीच त्यस्तो ठूलो झगडा भने भएको छैन । सन् २०११ मा सञ्जयलाई ‘बडीगार्ड’ फिल्ममा सलमानको बाबुको भूमिका निर्वाह गर्न अफर गरिएको थियो । त्यतिवेला सञ्जयले सलमानको बाबु बन्न आफ्नो उमेर नपुग्ने भन्दै अफर अस्वीकार गरेका थिए । सन् २०१६ मा दिल्लीमा आयोजित वर्ड गेमको रेपिड फायर राउन्डमा सञ्जयलाई एउटा प्रश्न सोधियो । प्रश्नमा सञ्जयले कुनै एक शब्दमा सलमानको व्याख्या गर्नुपर्ने थियो । त्यसमा सञ्जयले सलमानलाई एरोगेन्ट (घमन्डी) भने । त्यो कुराले पनि सलमानप्रति सञ्जय सकारात्मक छैनन् भन्ने ठोकुवा मिडियाले गरे ।

सन् २०१६ को फेब्रुअरीमा सञ्जय जेलबाट छुटे । तर, उनलाई भेट्न सलमान गएनन् । सञ्जय जेलमा हुँदा उनी छुटेपछि सलमानले आफ्नो फर्म हाउसमा विशेष व्यवस्था गर्ने, पार्टी दिनेलगायतका कुरा सुन्नमा आएका थिए । तर, सञ्जय छुटेपछि पार्टी दिनु त परेको कुरा सलमान उनलाई भेट्नसमेत गएनन् । त्यसकारण पनि उनीहरूको सम्बन्ध सुमधुर नरहेको प्रस्टिएको दाबी मिडियाको छ । सलमान सञ्जयको निकै निकट मित्रमा पर्छन् । तर, व्यवहारमा भने त्यो देखिएको छैन । उनीहरूले ‘चल मेरे भाइ’, ‘दश सन अफ सरदार’लगायतका फिल्ममा सँगै अभिनय गरेका छन् ।

नयाँ पत्रिकाले खबर लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);