“सुनकेशरी” मा फरक ऋचा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

“सुनकेशरी” मा फरक ऋचा

richa sharma

चितवन, १० जेठ । अभिनेत्री ऋचा शर्मा यो पटक निकै फरक भूमिकामा दर्शक माँझ आउँदै छिन् फिल्म ‘सुनकेशरी’ मार्फत । शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै गरेको ‘सुनकेशरी’ को ट्रेलर र पोस्टरबाटै उनको नयाँ भूमिकाबारे थाहा हुन्छ ।

हरर जानराको यो फिल्ममा उनी फरक अभिनयसाथ आउन लागेकी हुन् । नेपालमा भूतप्रेतको कथामा आधारित फिल्म कमै बनेका छन् । त्यही भएर ‘सुनकेसरी’ फरक स्वादको हुने र फिल्मले पूर्ण सफलता हासिल गर्ने ऋचाले दाबी गरिन् । फिल्मको प्रचारका लागि ऋचा र निर्देशक अर्पण थापा बुधबार भरतपुर आएका थिए । ‘हामी हरर फिल्मको परम्परागत मान्यताबाट माथि उठेका छौं ।
अभिनेत्रीले सेतो सारी लगाएर हिँड्दैमा दर्शक डराउँछन् भन्ने हैन । कथा, दृश्य र परिवेश त्यो अनुरूपको बनाउने हो । हामीले त्यो पक्षमा मिहिनेत गरेका छौं,’ ऋचाले भनिन्, ‘लगभग पूरै फिल्म अस्ट्रेलियामा छायांकन गरिएको हो ।’

कथाले पुरानो होटलको कल्पना गरेका कारण खोज्दै अस्ट्रेलिया पुगेको ऋचाले बताइन्, ‘पाल्पाको रानीमहल वा काठमाडौं कै शंकर होटलमा छायांकन गर्ने कि भनेर पनि नसोचेको हैन, तर फिल्मको कथामा बुटिकजस्तो होटलको कथा भएका कारण अस्ट्रेलियामा गएका हौं ।’ ‘सुनकेशरी’ नामको पात्र र योसँग जोडिएका अन्य तीन पात्रको विगतको कथा र वर्तमानको सम्बन्ध नै मुख्य विषयवस्तु भएको अर्पणले जनाए । ८० मिनेटको फिल्ममा भीम न्यौपाने अर्का निर्माताको रूपमा छन् । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);