किन एक्सनमा असफल भइन् नम्रता ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

किन एक्सनमा असफल भइन् नम्रता ?

namrata shrestha

काठमाडौं, २८ भदौ । गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि कुनै नेपाली फिल्मले नाफाको व्यापार गर्न सकेका छैनन् । न त दर्शक नै रिझाउन सफल भएका छन् । हरेक हप्तामा हलमा नयाँ फिल्म टुटेका छैनन् तर थला परेको नेपाली फिल्मको व्यापार जस्ताको त्यस्तै छ । उकासिने छाँटकाँट देखिएको छैन । आश गरिएका फिल्मले समेत निराशाजनक व्यापार गर्दा फिल्मकर्मीहरु चिन्तित देखिन थालेका छन् ।

गएको साउन अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ ले सुस्ताएको फिल्मको व्यापार उठाउने ठूलो अपेक्षा गरिएको थियो । तर, फिल्मले सुरुवाती दिनदेखि नै दर्शकको खडेरी भोग्नु पर्‍यो । यो फिल्मपछि सबैको आशाको त्यान्द्रो अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ माथि अडिएको थियो । पहिलो पटक नम्रता एक्सन अवतरमा प्रस्तुत भएका कारण फिल्मलाई दर्शक अभाव नहुने अपेक्षा गरिएको थियो ।

तर, यो फिल्मले पनि निराशाजनक व्यापार गर्‍यो । ‘जाइरा’ मा नम्रता मार्शल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत भएकी थिइन् । चरित्रलाई आत्मसात् गर्न उनले ८ महिना लामो मार्शल आर्टको तालिम लिइन् । वर्षौदेखि महँगो स्याम्पूले स्याहारेको सिल्की कपाल मुण्डन गरिन् । निर्मातालाई आर्थिक संकट परेपछि उनी आफैं निर्मात्री बनिन् । तर, दुर्भाग्य ! उनको मेहनतले रंग ल्याएन । किनकि, फिल्म नै कमजोर बनेको थियो ।

यद्यपि, फिल्ममा उनले गरेको मेहनत र अभिनयको मुक्तकण्ठले प्रशंसा भएको थियो । मार्शल आर्ट खेलाडीको रुपमा आफूलाई ढाल्न उनले गरेको मेहनत पर्दामा स्पष्ट देखिएको थियो । तर, फिल्म असफल भएपछि उनको गरेको मेहनत छायाँमा पर्‍यो । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ बाट वाहवाही बटुलेकी उनलाई ‘जाइरा’ को असफलताले ठूलो धक्का दिएको छ ।

नम्रता लभर गर्लकोे भूमिकामा सर्वाधिक रुचाइएकी अभिनेत्री हुन् । अभिनेता आर्यन सिग्देलसँग उनको जोडीलाई दर्शकले निकै रुचाउने गरेका छन् । पर्दामा सोझी र शान्त स्वभावकी प्रेमिकाको भूमिकामा निकै फिट मानिने उनलाई दर्शकले लभर गर्लकै भूमिकामा हेर्न रुचाउँछन् । तर, ‘जाइरा’ मा एक्सन अवतारमा प्रस्तुत हुँदा उनले निराशा भोग्नुपर्‍यो । अब दर्शकको इच्छा अनुसार नै काम गर्ने कि नम्रताजी ! फिल्मिखाबरबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);