‘यात्रा’ : लगानी तीन करोड, चुनौती नौ करोड | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

‘यात्रा’ : लगानी तीन करोड, चुनौती नौ करोड

yatra nepali movie

काठमाडौं, १९ माघ । नेपाली फिल्मको व्यापार उदेकलाग्दो भए पनि लगानी दिन दुई गुना रात चौगुना बढेको बढ्यै छ । वर्षमा सय बढी फिल्म रिलिज हुन्छन् तर आधा दर्जन फिल्मले पनि मुश्किलले लगानी सुरक्षित गरेर निर्माताको खल्ती भर्छन् । नभए बाँकी फिल्मले त पोस्टर छापेको पैसा समेत उठाउँदैनन् ।

अहिलेको अवस्थामा १ करोडदेखि डेढ करोडको आसपासमा चलेका कलाकार लिएर फिल्म बनाए लगानी उठाउन ठूलो संघर्ष गर्नु नपर्ने फिल्म पण्डितहरु बताउँछन् । तर, चलेका कलाकार लिएपछि फिल्मको निर्माण लागत २ करोडमाथि हुन जान्छ । किनकि, फिल्मको आधा छायांकन हुने बजेट अहिले एक अभिनेताले पारिश्रमिक बुझ्न थालेका छन् ।

महँगो पारिश्रमिकमा दर्शकले पत्याएका अभिनेता लिएर २ करोडको आसपासमा फिल्म बनाए पनि लगानी सुरक्षित हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । चलेकै अभिनेताका कारण फिल्म सुपरहिट हुन्थ्यो भने प्रदीप खड्काको ‘रोज’ असफल हुँदैन थियो । हुनत, फिल्म नै कमजोर भएपछि व्यापार उत्साहजनक हुने कुरै भएन ।

चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यात्रा’ कै कुरा गरौंन । यो सर्वाधिक महँगो लागतमा बनेको फिल्म हो । फिल्म रिलिज हुँदासम्म ३ करोड नाध्ने निर्माताको अनुमान छ । लागत मात्र धेरै होइन नेपाली फिल्मको इतिहासमा सम्भवतः सबैभन्दा धेरै दिन खिचिएको फिल्म पनि हो यो । फिल्मको छायांकनका लागि करीब नव्बे दिन क्यामेरा ‘अन’ भएको छ ।

पुराना अभिनेता तथा अनुभवी निर्माता केशव भट्टराईको निर्माण र सम्राट शाक्यको डेब्यु निर्देशनमा बनेको यो फिल्मले घरेलु बजारबाट ९ करोड ग्रस कलेक्सन गर्नुपर्छ, अनि मात्र निर्माताको लगानी सुरक्षित हुन्छ । तर, फिल्मले नेपालबाटै ९ करोड कमाउन भने असम्भव देखिन्छ । किनकि, यो फिल्मले घोषणा गरेको प्रदर्शन मितिमा फिल्म ‘ए मेरो हजुर ३’ पनि आउँदैछ ।

दुई फिल्म एकसाथ आउँदा दर्शक बाँडिन्छन् र हल संख्या पनि बाँडिन्छ । अर्कोतिर ‘ए मेरो हजुर’ आफैंमा एक ब्रान्ड बनिसकेको छ । यसको दोस्रो सिरिजले गत वर्ष बक्सअफिसमा धूम मच्चाएको थियो । ‘ए मेरो हजुर ३’ मा सुपरस्टार अनमोल केसीको प्रमुख भूमिका, झरना थापाको निर्देशन र झरनाकी छोरी सुहानाले हिरोइनको रुपमा डेब्यु गरेकी छिन् । यसकारण पनि यो फिल्मको प्रतिक्षा दर्शकमा व्यग्र छ । फिल्मीखबरबाट 

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);