प्रदीपको स्टारडमले हिट होला ‘लभ स्टेशन’ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रदीपको स्टारडमले हिट होला ‘लभ स्टेशन’ ?

Pradeep and jassita

काठमाडौं, २३ चैत । यस वर्षको ठूलो रिलिज मानिएको फिल्म ‘लभ स्टेशन’ ले शुक्रवारबाट प्रदर्शन सुरु गरेको छ । मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको फिल्मले सयको आसपासमा सिंगल स्क्रिनमा आफ्नो उपस्थिति जनाएको छ । मल्टीप्लेक्समा हलिउड फिल्म ‘क्याप्टेन मार्भल’ सँग प्रतिस्पर्धा भए पनि सिंगल स्क्रिनमा भने यो फिल्म एक्लै छ । यसकारण पनि फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

एकाध फिल्मबाहेक यस वर्ष निकै आशा गरिएका फिल्मले समेत दर्शकको चर्को अभाव खेपे । एकपछि अर्को फिल्मको व्यापार ठन्डाराम हुँदा अहिले नेपाली फिल्मका दर्शक हराएको चर्चा हुन थालेको छ । यो माहोलमा प्रदर्शनमा उत्रिएको ‘लभ स्टेशन’ ले खडेरी लागेको फिल्मको व्यापार चलायमान बनाउने फिल्मकर्मीमा ठूलो आशा छ । यो फिल्मको व्यापारले अभिनेता प्रदीप खड्काको स्टारडम मापन हुने पनि कतिपयको विश्लेषण छ ।

उनका ‘प्रेमगीत २’ पछि कुनै फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । उनका फिल्मले दर्शक भड्किएको आरोप पनि छ । ‘लभ स्टेशन’ ले नाफा कमाउनसँगै भड्किएका दर्शक फकाउन पनि उनका लागि अत्यन्त अवश्यक रहन्छ । उनको युवापुस्तामा लोभलाग्दो क्रेज भएका कारण यो फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने आँकलन कतिपयको छ । तर, नतिजा राम्रै आउँछ भनेर ढुक्क हुने अवस्था भने छैन ।

यो फिल्ममा प्रदीपले दर्शकले फिल्म ‘लिलिबिली’ मा निकै रुचाएको ‘पेयर’ जसिता गुरुङसँग रोमान्स गरेका छन् । यो जोडीलाई दोस्रो पटक पर्दामा हेर्न दर्शकहरु निकै उत्साहित छन् । फिल्मलाई भेट्रान निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । एक समय एकसेएक हिट फिल्म दिएका उनले पछिल्लो पटक फिल्म ‘वडा नम्बर ६’ निर्देशन गरेका थिए । हिरो टर्न निर्माता तथा वितरक गोविन्द शाही यसका निर्माता हुन् ।

रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाललगायतको पनि अभिनय रहेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् । यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । निर्देशक घिमिरेका अनुसार, ‘लभ स्टेशन’ सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्म हो । फिल्ममा प्रदीपले पहिलो पटक गायकको भूमिका निभाएका छन् । फिल्मीखबरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);