'झल्को सानुकै' भन्दै कल्पना रोईन् (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘झल्को सानुकै’ भन्दै कल्पना रोईन् (भिडियोसहित)

kalpana regmi

काठमाडौं, ३१ भदौ । शैली क्रियशन प्रा. लि. को गौरवमय प्रस्तुतीमा दशै/तिहार विशेष गीत ‘झल्को सानुकै’ सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्व बडादशैंको शुभ अवसर पारेर यस बर्षको मार्मिक दशैं गीत ल्याएको हो ।

यस भिडियोमा कलाकार तथा संचारकर्मी कल्पना रेग्मी, जिया पौडेल र संजय पोखरेलले अभिनय गरेका छन् ।

गीतमा परदेश गएको श्रीमान् र घरमा रहेकी श्रीमतीका गन्थन मन्थन र बिरहका कुराहरु गीतमा समेटिएको छ । दुई जनाको माया अपार देखाईएको छ । पती – पत्नी बिच माया धेरै भए पनि घर धान्नकोे लागि र आर्थिक अवस्था सुधारका निम्ती विदेशिन बाध्य रहेको हरेक नेपाली पुरुषको प्रतिनिधित्व पोखरेलले गरेका छन् भने हरेक विदेशिएका पतीको पत्नीको मनका पिर, ब्यथा, पिडा, यादहरु र आफ्नो पती बिनाको घर सम्हाल्न के – कस्ता हुन्छन् भनि रेग्मीले अभिनय मार्फत उतारेकी छिन् । एकदमै मार्मिक शब्द प्रयोग गरेको र सबैले आ-आफ्नो चरित्रलाई न्याय गरेर मनै रुवाउने अभिनय गरेका छन् ।

यस भिडियोका सम्पादन कृष्ण पाण्डे हुन् भने मदन खड्काको निर्देशनमा बनेको भिडियोमा गीतकार कल्पना रेग्मी गरेका छन् । स्वर रामचन्द्र चन्द र वर्षा मगरले दिएका छन् । संगीतकार रामचन्द्र चन्द नै हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);