प्रदीप भट्टराईले भने- पूजा काेठामा महको तस्बिर राख्छु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदीप भट्टराईले भने- पूजा काेठामा महको तस्बिर राख्छु

काठमाडौं । पछिल्लो समय निर्देशनमा प्रदीप भट्टराई खोजिने पहिलो नाम बनिसकेका छन् । मह संचारमा काम गरेको डेढ दशकको अनुभव संगालेर ‘जात्रा’मार्फत फिचर फिल्ममा डेब्यु गरेका प्रदीपले सफलतामा ह्याट्रिक गरेका छन् ।

जात्रामार्फत आफ्नो क्षमतालाई प्रदर्शन गरेका प्रदीपले दोस्रो फिल्म शत्रु गतेमा आफूलाई बक्स अफिसमा प्रमाणित गरे । यिनै प्रदीप निर्देशित तेस्रो फिल्म ‘जात्रै जात्रा’ले समीक्षक र दर्शकबाट ‘उत्कृष्ट’ फिल्म भन्ने प्रतिक्रियाका पायो । यिनले निर्देशन गरेको तीनै फिल्मले नेपालका हलहरूमा ५१ दिनको यात्रा तय गर्न सफल भएको थियो । 

पछिल्लो समय उनीसँग काम गर्न नचाहने निर्माता तथा कलाकार कमै होलान् । मह संचारकै शत्रु गते पनि निर्देशन गरेका प्रदीपले एक अन्तर्वार्ताको क्रममा महलाई बोल्ने भगवानको संज्ञा दिएका छन् । महका म अर्थात् मदनकृष्ण श्रेष्ठ र ह अर्थात हरिवंश आचार्यबाट निर्देशनका विभिन्न तथ्यलाई बुझेका प्रदीपले आफ्नो पहिचानको कारण नै उनीहरू नै रहेको बताए ।

‘म जे छु, महकै कारण छु’, उनले भने, ‘मह मेरो स्कुल मात्र होइन , मेरो सबथोक हो ।’ सर्लाहीको हरिवनबाट काठमाडौं आइपुगेका प्रदीपले सुरुवाती दिनमा महमा सामान्य काम गर्थे । तर , लगनशीलता, मेहनत र क्षमता देखेर उनलाई मह जोडीले मुख्य सहायक निर्देशक बनाए । साथै, उनले महका केही सिरियल निर्देशन पनि गरेका छन् । ‘मैले आफ्नो घर बनाएको दिन पूजा कोठामा महको तस्बीर हुन्छ’,  निर्देशक भट्टराई भन्छन्, ‘उहाँहरु मेरो लागि बोल्ने भगवान हुनुहुन्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);