अनमोलको अनप्रोफेसनल व्यवहार | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अनमोलको अनप्रोफेसनल व्यवहार

काठमाडौं । अनमोल केसी कलिउडका महँगा अभिनेतामध्येका हुन् । उनकाे पारिश्रमिकको पनि चर्चा हुने गर्छ । ‘होस्टेल’ बाट उदाएका अनमोलले सुरुवाती दिनमा धेरै निर्मातालाई मुनाफा दिलाए । केही फिल्मलाई बिर्सिने हो भने उनले अभिनय गरेका फिल्मले निर्मातालाई निराश बनाएको छैन ।

उनले अभिनय गरेका फिल्मले चर्चा भने राम्रै दिने गरेको छ । यीनै अनमोलले केहि निर्मातालाई फिल्म गर्ने सहमति गरेर पनि फिल्म छाडेका छन् । 

ग्याङस्टर ब्लुज 

निर्देशक हेमराज विसीसँग होस्टेल, जेरी र गाजलुमा काम गरेर गरिसकेका अनमोलको सम्बन्ध ‘ग्याङस्टर ब्लुज’मा आएर बिग्रियाे । याे फिल्मका लागि उनले लुक्स पनि बनाइरहेका थिए । तर  घोषणा हुने समयमा आशिरमान डिएस जोशीको इन्ट्री फिल्ममा भयो । फिल्मनगरीमा यी दुईको बीचमा पारिश्रमिकको कुरा नमिल्दा फिल्ममा सहकार्य नहुन सकेको चर्चा चलेको थियो । 

ब्याचलर बन्टी 

मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘ब्याचलर बन्टी’ पनि अनमोलले अन्तिम समयमा छाडेका थिए । उनले स्क्रिप्ट चित्तबुझ्दो नभएको भन्दै अन्तिम समयमा आएर ‘ब्याचलर बन्टी’ बाट हात झिकेका थिए । हिरोइनसमेत फाइनल भएको अवस्थामा उनले फिल्म नखेल्ने निर्णय गर्दा निर्माताले लगानी गुमाएका थिए । कारण स्क्रिप्ट देखाए पनि आपसी समझदारी नहुँदा सहकार्य हुन सकेन । निर्देशक चाम्स र अनमोलबीचकाे मतभेदले फिल्म नै बन्न सकेन । 

धुपौरे 

‘एन्टी हिरो’ पछि धकेलेर ‘धुपौरे’ साइन गरेका अनमोलले यो फिल्मलाई पनि अन्तिम समयमा आएर धोका दिए । फ्लोरमा जान अन्तिम तयारी भइरहँदा स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले अस्वीकार गरेका थिए । फिल्ममा आफ्नाे खर्चसमेत भइसकेकाे भन्दै निर्माण पक्षले महानगरीय प्रहरी परिसरमा ‘झुक्याई रकम लिएको’ कसुरमा उजुरीसमेत दिएकाे थियाे । यद्यपि याे विवाद साम्य भयाे । 

निर्देशक साम्तेन भुटियाले फिल्म अझै बनाउन सकेका छैनन् । प्रोफेसनल कलाकारले सबैभन्दा पहिला स्क्रिप्ट चित्त बुझेपछि मात्र फिल्ममा अभिनय गर्ने /नगर्ने निर्णय गर्छन्। तर, अनमोलको व्यवहार ठीक उल्टो छ । त्यसैले कलिउडमा अनमोललाई अनप्रोफेसनल कलाकारका रुपमा चिनाउन थालेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);