फैसला पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्चमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फैसला पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्चमा

काठमाडौं १७ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रका नेताहरु मंगलबार बिहान सर्वोच्च पुगेका छन् । प्रचण्डका साथमा सो पार्टीका केही शीर्ष नेता र कानुन व्यवासायी सहभागी छन् ।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीको नाम नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई बनेको नेकपालाई दिएको भन्दै सो विरुद्ध रिट दायर गरेका थिए । गत फागुन २३ गते सर्वोच्चले सो बिषयमा निर्णय दिँदै तत्कालीन एमाले र माओवादी ब्यँुताउने र कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने फैसला सुनाएको थियो।

नेकपा माओवादी केन्द्रको बैठकले सो फैसला माथि असन्तुष्टि जनाउँदै फैसला पुनरावलोकन गर्ने निर्णय गरेको थियो। माओवादी केन्द्रले सर्वोच्चको सो फैसलालाई राजनीनिक निर्णयको संज्ञा दिँदै आएको छ । सर्वोच्चको फैसला अन्तिम हुने भएकोले पुनरावलोकनको मात्र व्यव्स्था रहेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);