जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नु पर्छ : बामदेव गौतम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमले भूमिसुधार लागु गरेर सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नु पर्ने प्रस्ताव राखेका छन् ।

आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेता गौतमले भूमिसुधार लागु गरेर सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नु पर्ने सुझाव दिएका हुन् । नेता गौतमले भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने समेत बताएका छन् । उनले व्यक्तिगत जमिनलाई सरकारले चलनचल्तीको भाउमा खरिद गरी भूमि उपयोगको नीति ल्याउनु पर्ने बताएका हुन् । उनले भने–‘‘ ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरी मानिस त्यसलाई उपयोग गरेर धनी हुने, अर्काथरी मानिसहरु सुकुम्बासी हुँदै हुँदै जाने ।’’

उनले थपे–‘‘व्यक्तिगत जमिनलाई सरकारले किन्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);