१४ महिनाभित्र जग्गामा दोहोरो स्वामित्व अन्त्य गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१४ महिनाभित्र जग्गामा दोहोरो स्वामित्व अन्त्य गरिने

vumi sudhar mantralaya

काठमाडौं, १२ असार । सरकारले मोहियानी हकमा दोहोरो स्वामित्व अन्त्यको पहल थालेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको मोहियानी समस्या समाधान इकाईले जग्गा बाँडफाँट गर्ने प्रयोजनका लागि निवेदन आह्वान गरेको छ । इकाईले आज सार्वजनिक सूचना जारी गरी मोही र जग्गा धनीबीच जग्गा बाँडफाँटका लागि आगामी भदौ ४ गतेभित्र सम्बन्धित कार्यालयमा निवेदन बुझाउन मोही तथा जग्गाधनीसँग आग्रह गरेको छ ।

इकाईको सूचनाअनुसार २०७६ सालको भदौ ४ गतभित्र जग्गा बाँडफाँटको टुंगो लगाइसक्ने लक्ष्य छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले गत वैशाख २३ गते आफ्नो कार्ययोजना सार्वजनिक गर्दै एक वर्षभित्र मोहियानी समस्या समाधान गर्ने घोषणा गरेका थिए । उनले कार्ययोजना अनुसार नै मन्त्रालयमा मोहियानी समस्या समाधान इकाई गठन गरेर काम कारवाही अगाडि बढाएका हुन् ।

मन्त्रालयले मोही र जग्गा धनीबीच जग्गा बाँडफाँटका लागि निवेदन आव्हानदेखि निर्णय प्रक्रियामा सक्रिय हुन भूमिसुधार र मालपोत कार्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);