पक्राउ परेका पूर्व डिआइजी गोविन्द निरौलालाई विराटनगर लगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पक्राउ परेका पूर्व डिआइजी गोविन्द निरौलालाई विराटनगर लगियो

काठमाडौं, १० वैशाख । विमानस्थलबाट ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि पक्राउ परेका पूर्व डिआइजी गोविन्द निरौलालाई विराटनगर लगिएको छ ।

हिजो काठमाडौँबाट पक्राउ परेका पूर्वडिआइजी निरौलालाई म्याद थपका लागि विराटनगर पु-याइएको हो । तस्करहरुलाई सहयोग गरेको भन्दै निरौलामाथि छानबिन थालिएको छ ।

विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत रहँदा निरौलालालाई तस्करीमा सघाएको आरोपमा त्यहाँबाट सरुवमा गरिएको थियो । तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा गत फागुन १८ गते मोरङका सनम शाक्यको हत्या भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);