सावधानीपूर्वक सगरमाथा आरोहण गर्न प्रधानमन्त्रीकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सावधानीपूर्वक सगरमाथा आरोहण गर्न प्रधानमन्त्रीकाे आग्रह

pm kp oli

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफाई अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले सगरमाथाको सफाई अभियानलाई साझा अभियानको रुपमा संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पनि सचेत गराए ।

पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको रजत दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वको सर्वोच्च शिखर सगरमाथालाई स्वच्छ र सफा राख्न तथा त्यसको पवित्रतालाई जोगाउन सबैको साझा, संगठित र उद्देश्यमूलक प्रयास हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले फोहोरकै कारण सगरमाथाको आरोहण अवरुद्ध हुने अवस्था आउन नदिन पनि मातहतका निकायको ध्यानाकर्षण गराए । उनले सावधानीपूर्वक सगरमाथा आरोहण गर्न पर्वतारोहीलाई आग्रह गरे । सरकारले सगरमाथा आरोहण गर्ने क्रममा हुने जोखिम न्यूनिकरणमा विशेष जोड दिने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले मुलुकको पर्यटन क्षेत्रको विकासमा पर्वतारोहण आरोहणले महत्वपूर्ण योगदान दिएको बताए । यस अवसरमा उनले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने स्वर्गीय पासाङ ल्हामू शर्पाको योगदानको पनि चर्चा गरेका थिए । पासाङ ल्हामु शेर्पाको २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);