पासाङ ल्हामू शेर्पा विश्वकै साहस र प्रेरणाकी स्रोत : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

पासाङ ल्हामू शेर्पा विश्वकै साहस र प्रेरणाकी स्रोत : प्रधानमन्त्री

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामू शेर्पा विश्वकै साहस र प्रेरणाकी स्रोत भएको बताएका छन् । प्रधानमन्त्री ओलीले प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामू शेर्पाले सगरमाथाको सफल आरोहण गरेर महिलाहरु पनि कम छैनन् भन्ने दृष्टान्त पेश गरेको उल्लेख गर्दै त्यसबाट प्रेरणा लिएर अन्य क्षेत्रमा अघि बढ्न पनि सबैलाई आग्रह गरे ।
 
मंगलबार पासाङ ल्हामू शेर्पाले सगरमाथा आरोहण गरेको २६ वर्ष पूरा भएको दिनको स्मरण गर्दै काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले पासाङ ल्हामू शेर्पाको स्मृतिलाई दीर्घकालीन बनाउन सरकार तयार रहेको बताए ।
 
त्यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौंको चुच्चेपाटीमा रहेको स्वर्गीय पासाङ ल्हामू शेर्पाको शालिकमा पुष्पगुच्छा समेत अर्पण गरेका छन् । आजभन्दा २६ वर्ष अघि विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुमेर स्वर्गीय पासाङ ल्हामू शेर्पाले पहिलो सगरमाथा आरोही महिलाको नयाँ कीर्तिमान कायम गरेकी थिइन् ।