कमल थापा नेतृत्वको राप्रपा र सरकारबीच वार्ता सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

कमल थापा नेतृत्वको राप्रपा र सरकारबीच वार्ता सम्पन्न

raprapra barta sampanna

काठमाडौं, १० बैशाख । हिन्दू राष्ट्रसहित बिभिन्न २२ बुँदे मागहरु राखी सडक संघर्षमा उत्रिएको कमल थापा नेतृत्वको राप्रपा र सरकारबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । मंगलबार सिंहदरवारस्थित कानून मन्त्रालयमा भएको वार्तामा आफ्ना मागवारे सकारात्मक छलफल भएको राप्रपाका नेताहरुले बताएका छन् ।

वार्तामा सरकारको तर्फबाट कानूनमन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वार्ता समितिका संयोजक दिपक बोहोरा र सदस्य निरञ्जन थापाको सहभागिता रहेको थियो ।

पहिलो चरणको वार्तासंगै राप्रपाले आफना आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको जनाएको छ । दोश्रो चरणको वार्ता अर्काे हप्ता हुने जनाइएको छ । राप्रपाले हिन्दू राष्ट्रको सहित २२ बुँदे माग राखेर आन्दोलन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);