राप्रपा र सरकारबीच वार्ता शुरु, २२ बुँदे मागमा छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राप्रपा र सरकारबीच वार्ता शुरु, २२ बुँदे मागमा छलफल हुने

rajapa

काठमाडौं, १० बैशाख । हिन्दू राष्ट्रसहित बिभिन्न २२ बुँदे मागहरु राखी सडक संघर्षमा उत्रिएको कमल थापा नेतृत्वको राप्रपा र सरकारबीचको वार्ता शुरु भएको छ ।

कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्तामा आउन पत्र पठाएपछि राप्रपाले सरकारको पहलकदमी सकरात्मक भन्दै सोमबार वार्ता समिति गठन गरेको थियो । पार्टीका बरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा राप्रपाले ३ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरंजन थापा रहेको छन् ।

केहीबेर अघि सिंहदरवारस्थित कानून मन्त्रालयमा शूरु भएको वार्तामा कानूनमन्त्री ढकाल सहित राप्रपाको वार्ता टोलीका तीनै जना सदस्यको सहभागिता रहेको छ । राप्रपाले गत फागुन ७ गते हिन्दू राष्ट्रको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर आन्दोलनमा उत्रिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);