मुलकमा फेरी विद्रोह गर्ने भ्रम नपाल्न प्रचण्डको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुलकमा फेरी विद्रोह गर्ने भ्रम नपाल्न प्रचण्डको आग्रह

prachanda-1

ललितपुर, १० बैशाख ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन् ।
मंगलवार आदीवासी जनजातीहरुको अधिकार सम्बन्धि ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले फेरी विद्रोह, हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी- जनजाति समूदायलाई सचेत गराए ।

अध्यक्ष दाहालले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको दाबी समेत गरे । उनले आदिवासी-जनजातिहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको समेत उल्लेख गरे ।

अध्यक्ष दाहालले संविधानमा व्यवस्था गरिएका स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कार्यान्वयनका लागि वातावरण बनाउने गरी सरकारलाई दवाव दिन जरुरी रहेको पनि बताए । दाहालले नेपालको राष्ट्रिय एकतालाई बलियो बनाउन सबै जात जातीहरुको आत्मसम्मान हुने गरी विकास निर्माणको कामलाई अघि बढाउनुको विकल्प नरहेको समेत बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);