माधव र प्रचण्ड मिलिसके, अब ओलीलाई अप्ठयारो पर्छ : नरेन्द्रजंग पिटर (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

माधव र प्रचण्ड मिलिसके, अब ओलीलाई अप्ठयारो पर्छ : नरेन्द्रजंग पिटर (भिडियोसहित)

kharo prashna with narendrajung peter

काठमाडौं, १०  बैशाख । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्ष पूरा भएको छ । ७० वर्षअघि अर्थात सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । गत जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा तीन महिनाभित्र सबै तहमा एकीकरण गरिसक्ने भनिए पनि ११ महिनासम्म पार्टी एकता तल्लो तहसम्म पुग्न सकेको छैन । ७० वर्षको इतिहास भएको नेकपाको कम्युनिष्ट आन्दोलन कति परिपक्क भएको ? यसले आफुलाई कुन रुपमा प्रस्तुत गर्न सक्यो ? र आम जनताले कुन रुपमा लिइरहेका छन् ? विश्वसनीय पक्षमा नेपालको कम्युनिष्ट आन्दोलन कति सफल हुन सकिरहेको छ ?  यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);