उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन त्रिपाठीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन त्रिपाठीको माग

काठमाडौं, ९ बैशाख । प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री हृदयश त्रिपाठीले उखु किसानलाई तत्काल अनुदान सहायता उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद त्रिपाठीले उखु उद्योगीहरुका कारण अरबौंको घाटा व्यहोर्न बाध्य उखु किसानहरुका लागि सरकारले ७० प्रतिशत र उखु उद्योगीहरुले ३० प्रतिशत अनुदान सहायता तत्काल उपलब्ध गराउनुपर्ने बताए ।

उखु उद्योग बन्द भएका कारण सर्लाहीमा मात्रै करिव ३ अरवको उखु खेतमै नष्ट हुने अवस्थामा रहँदा पनि सरकारले उनीहरुलाई राहत दिन उचित कदम चाल्न नसकेको सांसद त्रिपाठीको गुनासो छ ।

सांसद त्रिपाठीले उखु उद्योगीहरुले फेरी पनि चिनीको मूल्य वृद्धि गर्न खोजिरहेको उल्लेख गर्दैै सचेत रहन पनि सरकारलाई सचेत गराए । उनले उखु किसानलाई मारमा पार्ने उखु उद्योगीहरुको गतिविधिप्रति सरकार गम्भिर बन्न नसकेको आरोप लगाए ।

फरक प्रसंगमा सांसद त्रिपाठीले सरकारको एक वर्षे कार्यकाललाई निराशाजनक भन्न नमिल्ने टिप्पणी गरे । सरकारले अव भने प्राथमिकता निर्धारण गरेर आफ्नो कामलाई अघि बढाउनुपर्ने उनको सुझाव छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);