वाईडबडी विमान खरिद प्रकरणमा राजनीतिक दलका प्रमुख नेता नै संलग्न : डा. भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

वाईडबडी विमान खरिद प्रकरणमा राजनीतिक दलका प्रमुख नेता नै संलग्न : डा. भट्टराई

baburam bhattarai

काठमाडौं २ माघ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले वाईडबडी विमान खरिद प्रकरणमा राजनीतिक दलका प्रमुख नेताहरु नै संलग्न रहेका आरोप लगाएका छन् ।

संयोजक भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच वाइडबडी प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको बताए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदीय समितिले विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको विवरण बाहिर ल्याएपछि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबीच त्यसलाई ढाकछोप गर्ने सहमति भएको दावी गरेका हुन् ।

नयाँ शक्ति पार्टी, नेपालले वाईडबडी विमान खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने घोषणा पनि गरेको छ । संयोजक भट्टराईले बिमान खरीद प्रकरणमा मुछिएकाहरुलाई कार्वाही गर्न आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने बताए । वाईडबडी विमान खरिदमा करिव ४ अरव ३५ करोडको भ्रष्टाचार भएको ठहर संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);