हेल्थ असिस्टेन्ट संघद्वारा काठमाडौंमा विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हेल्थ असिस्टेन्ट संघद्वारा काठमाडौंमा विरोध प्रदर्शन

health assistant to birodh

काठमाडौं, २ माघ । अहेबहरुलाई स्वास्थ्य चौकीको इन्चार्ज बनाउने प्रस्तावित दरबन्दी संरचना तत्काल खारेज गर्न माग गर्दै हेल्थ असिस्टेन्ट संघले बुधबार राजधानीमा विरोध प्रर्दशन गरेको छ । संघले बुधबार राजधानीको माईतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै अहेवहरुलाई स्वास्थ्य चौकीको इन्चार्ज बनाउने प्रस्तावित दरबन्दी संरचना तत्काल खारेज गर्न सरकारसंग माग गरेको हो ।

शैक्षिक योग्यता र लोकसेवा आयोगको प्रक्रिया विपरित उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले अहेबलाई स्वास्थ्य चौकीहरुको जिम्मेवारी दिने गरी दरबन्दी संरचनासम्बन्धि प्रस्ताव मन्त्रीपरिषद्मा पेश गरेपछि त्यसको विरोध गर्नुपरेको संघको भनाई छ ।

संघकका सल्लाहकार गोबिन्द गिरीले सरकारको सो प्रस्तावित दरबन्दी संरचनाबाट जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसक्ने बताए । गिरीले १० महिना तालिम लिएका अहेवहरुले स्वास्थ्य चौकीको नेतृत्व गर्नै नसक्ने दावी गरे ।

संघले योग्यतानै नपुगेकाहरुलाई अस्पतालको जिम्मेवारी दिने गरी दरबन्दी संरचना तयार पारेको उल्लेख गर्दै मान्य नहुने चेतावनी दिएको छ । प्रर्दशनकारीहरुले स्वास्थ्य सेवालाई झनै धराशायी बनाउने गरी उक्त दरबन्दी प्रस्ताव ल्याएको उल्लेख गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);