वाईडबडी खरिदमा घोटाला भएको छैन : कंसाकार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

वाईडबडी खरिदमा घोटाला भएको छैन : कंसाकार

काठमाडौं, ९ मंसिर । नेपाल वायुसेवा निगमले वाईड वडी खरिदमा आर्थिक चलखेल नभएको स्पष्ट पारेको छ । वाईडबडी खरिद गर्दा आर्थिक चलखेल भएको, सिधै कम्पनीसंग खरिद नगरेर बिचौलिया कम्पनीसंग खरिद गरिएको भन्दै संसदीय समितिहरुले छलफलको विषय बनाईरहेका बेला निगमले भने विमान खरिदमा कुनै पनि आर्थिक चलखेल नभएको दाबी गरेको हो ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आईतबारको बैठकमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरेर विधिसम्बत विमान खरिद गरिएको बताएका छन् । उनले सत प्रतिशत आर्थिक लेनदेन नभएको भन्दै भष्टाचार भएको भए प्रमाणित गर्न चुनौति नै दिए ।

महाप्रबन्धक कंसाकारले विमानको तौलको बारेमा खरिद सम्झौतामा उल्लेख नभएको दाबी गरे । २ सय ४२ टनको विमान किन्ने सम्झौता गरेर किन २ सय ३० टनको मात्रै किनेको भन्ने समिति सदस्यहरुको जिज्ञासामा उनले विमानको तौलबारे उल्लेख नै नभएको बताए । उनले भने “२ सय ४२ टन भनेर २ सय ३० टन को किन्यो भन्ने कुरा झुट हो ।”

उनले विधिसम्मत विमान खरिदका लागि बोलपत्र आव्हान गरिएकाले आपुर्तिकर्तालाई विचौलिया भन्न नमिल्ने बताए । उनले महालेखापरीक्षकको प्रतिवेदनलाई गलत नभने पनि विमान खरिद प्रक्रियामा भने कुनै गलत कार्य नभएको जिकिर गरे ।

समिति सदस्यहरुले महालेखापरीक्षकको प्रतिवेदनले पनि विमान खरिद सम्झौता कानुनसम्मत नभएको देखाएको र सिधै वाईडवडी निर्माण कम्पनीसंग नकिनेर विचौलिया कम्पनीसंग किन किनेको भनी प्रश्न गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);