बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ : मुख्यमन्त्री राउत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ : मुख्यमन्त्री राउत

lalbabu raut

जनकपुरधाम, ९ मंसिर । प्रदेश–२, का मुख्यमन्त्री लालबाबु राउतले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने बताएका छन् । लैङ्गिकतामा आधारीत हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जनकपुरमा आईतवार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । उनले महिला हिंसाको मुख्य कारण पितृसतात्मक समाज रहेको बताए ।

कार्यक्रममा प्रदेश–२ का सभामुख सरोज कुमार यादवले वैदेशिक रोजगारीले समाजमा विचलन आएको भन्दै यस विषयमा पनि अव सोच्ने वेला आएको धारणा राखे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);