प्रदेश सरकारले केही गर्न सकेन - मुख्यमन्त्री राउत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रदेश सरकारले केही गर्न सकेन – मुख्यमन्त्री राउत

महोत्तरी। मधेस प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले प्रदेश सरकारले केही गर्न नसकेको स्वीकारेका छन्। केही गर्न नसक्नुको कारण सरकारको पाँच वर्षे कार्यकाल सिक्ने र नियमावली बनाउने गर्दा नै बितेको हुँदा स्वरोजगारदेखि जतताको समस्या समाधान गर्न नसकेको मुख्यमन्त्री राउतले बताए। ‘युवाहरूलाई उधमशील बनाएर स्वरोजगार तथा वैदेशिक पलायनलाई रोक्नुपर्ने हो तर मधेस प्रदेशमा नै सबैभन्दा बढी युवा पलायन भएका छन्’, नेपाल चेम्बर्स अफ कमर्स महोत्तरीले आयोजना गरेको कार्यक्रममा उनले भने।

सङ्‍घीय सरकारको हस्तक्षेपका कारण पनि काम गर्न नसकिएको पनि उनले गुनासो गरे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);