सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- प्रदेश सरकार कुना कन्दरामा देखिएको छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- प्रदेश सरकार कुना कन्दरामा देखिएको छ

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सहर बजारमा प्रदेश सरकारको आलोचना भए पनि प्रदेशका कुना कन्दाराका नागरिकको भरोसा बनेको दाबी गरेका छन् । ‘सामाजिक सञ्जालमा प्रदेश सरकारप्रति टिका टिप्पणी भएको देखिन्छन् । ती सामाजिक सञ्जाल चलाउने मानिस सहरमा बसेका हुन्छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘सरका केही मानिसले सरकारको आलोचना गरे पनि ग्रामीण भेगका नागरिकले हामीलाई माया गरेका छन् । प्रदेश सरकार प्रदेशका विकट क्षेत्रमा देखिएको छ ।’ ५ वर्षसम्म सरकार भएको अनुभूति नै भएन, यो प्रदेश संरचना नै खारेज गर्नुपर्छ भन्दै नागरिकबाट आवाज आउन थालेका छन् । प्रदेश सरकार प्रति नागरिकको वितृष्ण किन बढ्या ? भनेर मुख्यमन्त्री भट्टसँग न्युज कारखानाले गरेको प्रश्नमा बोल्दै मुख्यमन्त्री भट्टले भने, ‘सामाजिक सञ्जाल चलाउने केही मानिसको धारणा मात्रै हामीले देखेका छौं । प्रदेशका कुना कन्दरामा हामी पुगेका छौं । त्यहाँका नागरिकले हामीलाई माया गरेका छन् । तर जनताले गर्ने आलोचनालाई पनि हामीले सकारात्मक रूपमा लगेका छौं, कतै न कतै हामी पनि चुकेका छौं ।’

उनले प्रदेश सरकारले ५ वर्षमा सडक, शिक्षा, स्वास्थ्यमा राम्रो प्रगति गरेको बताए । ‘हिजोको भन्दा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रदेश सरकारले राम्रो काम गरेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘कानुन निर्माणको काममा पनि हामीले धेरै प्रगति गरेका छौं । अब आउने सरकारलाई काम गर्न धेरै सहज हुने छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);